अमेरिकामा अस्पताल भर्ना हुने सङ्क्रमित बालबालिकाहरुको सङ्ख्यामा बृद्धि भएको छ। कोभिडबाट सङ्क्रमित भएका मध्ये अस्पताल भर्ना हुने अधिकांश बालबालिकामा डेल्टा भाइरस देखिएको अधिकारीहरूले जनाएका छन् ।
अमेरिकामा नयाँ शैक्षिक सत्र सुरु भएको केही समयमै बालबालिकामा सङ्क्रमणको असर धेरै देखिन थालेको छ । अमेरिकामा देशभरी नै डेल्टा भेरिएन्ट फैलिएको छ । चिकित्सकहरूले पनि डेल्टा भेरिएन्ट र शैक्षिक सत्रकोसुरुवातका कारण धेरै बालबालिका सङ्क्रमित भएको बताएका छन् ।
अमेरिकाको केन्द्रीय स्वास्थ्य तथा मानव सेवा मन्त्रालयले गत मंगलबार मात्रै दुई हजार ३९६ जना बालबालिका कोभिडका कारण अस्पताल भर्ना भएको जनाएको छ । यो सङ्ख्या निकै धेरै भएको पनि अधिकारीहरूले बताएका छन् । अमेरिकामा कोभिडको महामारी सुरु भएको समय सन् २०२० को अगस्टदेखि अहिलेसम्म कुल ५५ हजार बालबालिका कोरोनाका कारण अस्पताल भर्ना भएका छन् ।
कोभिडका कारण मृत्यु भएका बालबालिकाहरुको सङ्ख्यामा पनि बुद्धि हुँदै गएको पाइएको छ । मन्त्रालयका अनुसार अहिलेसम्म ५२० जनाको मृत्यु भइसकेको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७