काठमाडौं – आगामी वर्षभित्र विश्वका ७० प्रतिशत जनसंख्यालाई खोप उपलव्ध गराउने उद्देश्य पूरा गर्न अमेरिकाले एक अर्ब डोज फाइजर खोप खरिद गर्ने भएको छ। अमेरिकाले बुधबार आयोजना गर्न लागेको अन्तर्राष्ट्रिय खोप सम्मेलनमा यो घोषणा गर्न लागेको एक अधिकारीले बताएका छन्।
सँयुक्त राष्ट्र संघको ७६ महासभाको बैठकको अवसर पारेर अमेरिकाले यो सम्मेलन गर्न लागेको हो। राष्ट्रपति वाइडेनले अन्य धनी राष्ट्रका नेतालाई खोपका लागि थप प्रतिबद्धता व्यक्त गर्न आह्वान गर्ने तयारी गरेका छन्।
विश्वमा धनी र गरिब राष्ट्रमा खोपको असमान वितरण भएकाले यो समस्या समाधान गर्न विश्वव्यापी दबाब छ। वुधबार गरिने थप प्रतिबद्धता पछि अमेरिकाले सन् २०२२ सम्म विश्वलाई कुल १ अर्ब १० करोड डोज खोप उपलब्ध गराउनेछ। हालसम्म अमेरिकाले विश्वका एक सय राष्ट्रलाई १६ करोड डोज खोप उपलब्ध गराइसकेको छ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७