काठमाडौं – प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाविरुद्धको हत्या अभियोगको मुद्दा संवैधानिक इजलासमा आज सुनुवाइ हुँदैछ ।
काभ्रेका अर्जुन लामाको अपहरणपछि हत्या गरेको भन्दै परेको द्वन्द्वकालीन मुद्दा यसअघि पटक–पटक पेसी चढ्दै आएको छ ।
आज संवैधानिक इजलासमा सभामुखविरुद्धको सुनुवाइ पहिलो नम्बरमै पेसीमा राखिएको छ ।
प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा नेतृत्वको इजलासमा न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वर प्रसाद खतिवडा छन् ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३