काठमाडौँ – बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादीलाई बिहीबार प्रहरीले नियन्त्रणमा लिएको हो ।
काठमाडौं महानगरपालिका –६ बस्ने ६७ वर्षीय नारायण भक्त संगतलाई उच्च अदालत पाटनबाट २०७७ माघ २७ गते उक्त मुद्दामा ५ दिन कैद र १० लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान ब्यूरोले सिफलबाट पक्राउ गरेको हो ।
आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी – जानी पीडितलाई झुक्यानमा पारी सिटिजन्स बैंकको चेक काटी दिई बैंकिङ कसूरजन्य अपराध गरेको ठहर गरी अदालतले नारायणलाई उक्त फैसला गरेको थियो ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३