काठमाडौं – जलस्रोत तथा सिँचाइ विकास डिभिजन काठमाडौंका सब-इञ्जिनियर घुस रकमसहित पक्राउ परेका छन्।
मंगलबार डिभिजन कार्यालयका सब-इञ्जिनियरलाई अख्तियार दुरूपयोग अनुसन्धान कार्यालयले पक्राउ गरेको हो।
पक्राउ पर्नेमा रामेछाप मन्थली नगरपालिका वडा नम्बर १ घर भई भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर ३ बालकोट बस्ने दिपेन्द्रकुमार केसी छन्।
उनी पाँचौं तहका सब इञ्जिनियर हुन्। त्यस कार्यालयमा उनी २०७३ साल पुस २९ गतेदेखि कार्यरत थिए।
बुढानिलकण्ठ नगरपालिकास्थित खहरे खोला नियन्त्रणको लागि २० मिटर लम्बाइको कल्भर्ट निर्माणको ठेक्का सम्झौता भएको थियो। त्यो काम कसेर अन्तिम बिल भुक्तानी गर्न बसुन्धरास्थित कार्यालय जाँदा जाहेरवालासँग सब-इञ्जिनियर केसीले ठेक्का सम्झौता आठ प्रतिशतले दुई लाख रूपैयाँ माग गरेका थिए।
सो माग गरेको जाहेरीपछि अख्तियारबाट खटिएको टोलीले बसुन्धारास्थित कार्यालयबाट उनलाई घुस रकमसहित पक्राउ गरेको हो।
उनीमाथि अख्तियारले थप अनुसन्धान अघि बढाएको छ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३