काठमाडौँ – नेपालमा थप एक हजार ४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
जनसंख्या मन्त्रालयका अनुसार बुधबार एक हजार ४३ जना संक्रमित थपिएका हुन्।
पछिल्लो २४ घण्टामा १५ हजार चार सय ६५ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।
११ हजार एक सय ६५ जनाको पिसिआर परीक्षण र चार हजार ३ सय जनाको एन्टिजेन परीक्षण गरिएको थियो।
नेपालमा हाल १६ हजार १९४ जना सक्रिय संक्रमित छन्।
यस्तै, पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट १२ जनाको मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको संख्या ११ हजार १६० पुगेको छ।
८९१ जना निको समेत भएको मन्त्रालयले जनाएको छ।
त्यस्तै काठमाडौं उपत्यकामा थप चार सय ४० जना संक्रमित थपिएका छन्। काठमाडौंमा तीन सय ४४ जना, भक्तपुरमा ३५ जना र ललितपुरमा ६१ संक्रमित थपिएका हुन्।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७