काठमाडौं – नेपाली काँग्रेसको पदाधिकारी बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरले ३ मन्त्रालय मागेको छ । यसअघि सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले २ मन्त्रालय दिने सहमति गरेकोमा पौडेल पक्षले संख्या बढाउन माग गरेको हो ।
बैठकमा देउवाले मन्त्री बन्नेको नाम मागेपछि पौडेलले संख्या थप्न भनेको बुझिएको छ । संख्या थप्नेबारे पौडेल पक्षले विषय उठाएपनि देउवा तयार भएका छैनन् ।
पौडेल पक्षमा आकांक्षी धेरै भएपछि समस्या आएको छ । सुजाता कोइराला, डा. मीनेन्द्र रिजाल, तेजुलाल चौधरी, दिलेन्द्रप्रसाद बडु र राजन केसी दाबेदार छन् । सुजातालाई रोक्न कठिन भएपछि पौडेल मन्त्रीको संख्या बढाएर भएपनि व्यवस्थापन गर्न लागेका छन् ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३