काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले आज मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् ।
प्रधानमन्त्रीमा निर्वाचित भएको तीन महिना पुग्न केही दिन मात्र बाँकी छँदा देउवाले मन्त्रिपरिषदलाई पूर्णता लिन लागेका हुन् । देउवा २९ असारमा प्रधानमन्त्री भएका थिए ।
देउवाले आफ्नै दल काँग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीबाट मन्त्री नियुक्त गर्न लागेका हुन् । यसअघि काँग्रेसबाट तीन मन्त्री र एक राज्यमन्त्री तथा माओवादी केन्द्रबाट दुई मन्त्री नियुक्त भएका छन् ।
सत्तारुढ गठबन्धनको बिहीबारको बैठकमा मन्त्रालय भागबण्डामा सहमति भएको थियो । सहमतिअनुसार काँग्रेसले आठ मन्त्री र दुई राज्यमन्त्री, माओवादीले पाँच मन्त्री र एक राज्यमन्त्री तथा एकीकृत समाजवादी र जनता समाजवादीले चार÷चार मन्त्री पाउने भएका छन् ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३