काठमाडौं – नेपाल राष्ट्र बैंकले तथा वित्तिय संस्थाहरुलाई आफूखुशी बढाएको ब्याजदर घटाउन निर्देशन दिएको छ । मंगलबार राष्ट्र बैंकले २४ घण्टाभित्र सो ब्याजदर परिवर्तन गर्न निर्देशन दिएको हो।
निर्देशनमा इजाजतपत्र प्राप्त क, ख ग वर्गका बैंक तथा वित्तिय संस्थाले २०७८ कात्तिक महिनाको लागि प्रकाशित भइसकेको ब्याजदरमा समेत संशोधन गरी कात्तिक ३ गतेभित्र आफ्नो वेबसाइटमार्फत सार्वजनिक गरी सोही मितिबाट लागू गर्न र ५ गते भित्र दैनिक पत्रिकासमेत प्रकाशित गर्न भनिएको छ ।
बैंक तथा वित्तीय संस्थाहरुले बजारमा तरलता अभाव भएकोभन्दै बजारबाट निक्षेप तानातान गर्न थालेपपछि राष्ट्र बैंकले एक निर्देशन जारी गर्दै ब्याजदर घटाउन भनेको हो । बैंकहरुले निक्षेप तानातानमा मुद्दीती खातामा १० प्रतिशतसम्म ब्याजदर पुर्याएका छन् ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३