काठमाडौं – नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वमन्त्री गगनकुमार थापाले बाढि/पहिरोले आफन्त गु्माएका, विस्थापित भएका, खेतिबाली नष्ट भएका, जोखिममा रहेका हरेकलाई बलियो ढाडस दिनुपर्ने भन्दै सरकारलाई सोहीअनुसारको भूमिका खेल्न सुझाव दिएका छन् ।
सामाजिक सञ्जालमार्फत नेता थापाले अहिले सरकारले अभिभावक भएको आभास दिलाउनुपर्ने बताएका छन् । उनले लेखेका छन-“केहि दिनदेखिको वर्षाका कारण सुदुरपश्चिम लगायत देशका कयौँ ठाउँमा बाढी,पहिरोले जनजीवन अस्तव्यस्त भएको छ।यो वेला नै हो सरकारले अभिभावक भएको आभास दिलाउने। @PM_nepal_आफन्त गुमाएका,विस्थापित भएका,खेतिबाली नष्ट भएका,जोखिममा रहेका हरेकलाई बलियो ढाडस दिनुस,दु:खमा समानुभुतिको महसुस गराउनुहोस “
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३