काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा आज बिहीबार कर्णाली र सुदूरपश्चिममा बाढीपहिरोले पुर्याएको क्षतिको निरीक्षणमा जाँदैछन् । उनी काठमाडौंबाट सुर्खेत जानेछन् । सुर्खेतबाट दिपायल जाने कार्यक्रम छ ।
उनी संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले तथा कांग्रेस केन्द्रीय सदस्यहरू रमेश लेखक र वीरबहादुर बलायरलाई लिएर निरीक्षणमा जान लागेका हुन् । त्यस क्रममा देउवाले डाेटी, बझाङ, बैतडी, डडेल्धुरा र कञ्चनपुरमा हवाइ निरीक्षण गर्नेछन् ।
मनसुनपछिको वर्षासँगैको बाढीपहिरोले सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा क्षति पुगेको छ । सुदूरपश्चिम प्रधानमन्त्री देउवाको गृह प्रदेश पनि हो । देउवा भोलि शुक्रबार मात्र काठमाडौं फर्कनेछन् ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३