टिकापुर घटनाका अभियुक्त रेशमलाल चौधरीविरुद्ध अदालतको फैसला आएपछि राष्ट्रिय जनता पार्टी (राजपा)ले आपत्ति जनाएको छ ।
राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले अदालतको फैसलाविरुद्ध आफूहरु देशव्यापी आन्दोलनमा जाने बताएका छन् । उनले एउटा जातिको उत्थानका लागि आन्दोलनमा लागेको मानिस जेल जानु पर्ने भए प्रचण्ड, ओली, शेर बहादुर देउवा पनि जेल जानु पर्ने बताए ।
कैलाली जिल्ला अदालतले टीकापुर हत्या प्रकरणमा रेशमलाल चौधरीसहित ११ जनाविरुद्ध बुधवार जन्मकैदको सजाय सुनाएको थियो । कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा ठूलो मतान्तरसहित विजयी भएका थिए ।
थरुहट आन्दोलनका क्रममा ७ भदौ २०७२ मा टीकापुरमा भएको प्रदर्शनका क्रममा नेपाल प्रहरीका तत्कालिन एसएसपीसहित ८ सुरक्षाकर्मी र एक नाबालकको हत्या भएको थियो ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७