काठमाडौं – पूर्वप्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी ओलीले गृहनगर झापासहित तीन दिन प्रदेश १ मा रहने भएका छन् ।
एमालेका वडा अधिवेसन सकिएको भोलिपल्ट आइतबार गृहनगर झापा पुगेका ओलीले आजै १२ बजे बिर्तामोडमा माओवादी कार्यकर्तालाई एमालेमा प्रवेश गराउने कार्यक्रमलाई सम्बोधन गर्नेछन् भने धुलाबारीमा कार्यकर्तालाई सम्बोधन गर्नेछन् ।
८ कात्तिकमा गौरादह नगरपालिका–५ महारानीझोडामा साना किसान महिला सहकारी संस्थाले निर्माण गरेको पाहुना घरको उद्घाटन कार्यक्रम सम्पन्न गरेपछि ओलीले सोही दिन गौरीगञ्ज बजारमा दसैँतिहार, छठको शुभकामना आदनाप्रदान कार्यक्रमलाई सम्बोधन गर्नेछन् ।
भूमिगत कालमा बिताएका सहकर्मीहरूसँग भेटघाट गरी ९ गते पार्टी नेताहरूसँग छलफल गरेर काठमाडौं फर्कने कार्यतालिका छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३