काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको दोस्रोे दिन आज सोमबार दोहोरो अंकको बृद्धि भएको छ । आज नेप्से ८७.६३ अंकले बढेर दुई हजार ६ सय ७२ दशमलब २५ विन्दुमा पुगेको छ । आइतबार पनि नेप्से २७.५१ अंकले बढेर दुई हजार ५ सय ८४ दशमलब ५३ विन्दुमा पुगेको थियो ।
त्यस्तै, आज नेप्सेसंगै कारोबार रकममा पनि बृद्धि भएको छ । आज नेप्सेमा ४ अर्ब ३० करोड ८८ लाख बराबरको कारोबार भएको छ । आइतबार २ अर्ब ७७ करोड ३४ लाख बराबरको कारोबार सिमित भएको थियो । आज कारोबार भएका सबै समूहमा हरियाली छाएको छ ।
नेप्सेका अनुसार आज कारोबार भएका कम्पनीमध्ये १८ कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ । त्यस्तै, १५ कम्पनीको शेयरमूल्य ९ प्रतिशत भन्दा बढीले बढेको छ भने ९ कम्पनीको शेयरमूल्य ८ प्रतिशत भन्दा बढीले बढेको छ ।
नेप्सेका अनुसार आज सांग्रिला डेभलपमेन्ट बैंक डिभेञ्चर २०८७ को शेयरमूल्यमा उच्च गिरावट आएको छ । यसको शेयरमूल्य आज ४ प्रतिशतले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी कारोबार महालक्ष्मी विकास बैंकको भएको छ । यस बैंकको आज १६ करोड २५ लाख भन्दा बढीको कारोबार भएको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३