काठमाडौं – नेपालका लागि होण्डा कारको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी प्रा. लि. ले नेपालीहरुको महान चाड दशैं, तिहार र छठलाई लक्ष्ति गर्दै ल्याएको “होण्डाको फेस्टिभ बोनान्जा” योजना अन्तर्गत पहिलो विजेता लक्की मार्फत घोषणा गरेको छ ।
हरेक हप्ता हुने लक्की ड्र मार्फत बुटवलका संजय नेपालले ३ लाख ५० हजार रुपैया नगद उपहार प्राप्त गरेका हुन् ।
यस योजना अन्तर्गत ग्राहकहरुले होण्डा कारको खरिदमा हात खाली नजाने गरी २ लाखसम्मको नगद छुट, १ वर्षसम्मको लागि फ्रि इन्स्योरेन्स, १ वर्षसम्मको लागि फ्रि रोड ट्याक्स, ३ वर्षसम्मको लागि फ्रि सर्भिसिङ्ग, ३ वर्षसम्मको लागि स्पेयर पार्टस्मा ७ % को छुटका साथै अन्य धेरै फ्रि आकर्षक उपहार प्राप्त गर्न सक्नेछन् ।
यसका साथै हरेक १५ दिनमा एक जना भाग्यशाली ग्राहकले ३.५ लाखसम्मको क्यास ब्याक जित्न सक्ने स्याकरले जनाएको छ । यस योजना होण्डाका सबै कारमा सीमित अवधिका लागि मात्र लागू गरिएको पनि स्याकरले जनाएको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३