काठमाडौं – बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजेन्द्र पाण्डेले आफ्नो कार्यकाल भ्रष्टाचाररहित हुने दाबी गरेका छन् ।
मुख्यमन्त्री पदको शपथ लिएपछि पत्रकारसँगको कुराकानीमा मुख्यमन्त्री पाण्डेले सुशासनका लागि कोशिस गर्ने भन्दै समाजवाद उन्मुख कार्यक्रम अगाडि सारेर जनताको सेवा गर्ने प्रतिबद्धता जनाए ।
सर्वहारा, श्रमजीवी, गरिब किसानको पक्षमा काम गर्ने उनको भनाइ थियो ।
मुख्यमन्त्री पाण्डेले अघिल्लो सरकारले गलत निर्णय गरेको भए त्यसलाई सच्याउने बताए । प्रदेश सरकारले पूरक बजेट ल्याउन सक्ने उनको भनाइ थियो ।
प्रदेश सरकारको नेतृत्व आलोपालो गर्नेबारे सोधिएको एक प्रश्नमा केन्द्रमा भएको सहमति अनुसार नै आफू मुख्यमन्त्री बनेको भन्दै गठबन्धनले जे निर्णय गर्छ, त्यसैअनुसार आफूहरु अगाडि बढ्ने प्रष्ट पारे ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३