पोखरा – तिहार नजिकिँदै छ । कोभिड थपिँदो छ । स्वास्थ्य मापदण्डसहित चाडबाड मनाउनुपर्ने नेपालीको बाध्यता छ । कास्की प्रशासनले पनि स्वास्थ्य मापदण्ड ख्याल गर्दै चाडबाड मनाउन निर्देशन जारी गरेको छ । कास्कीमा यस वर्ष राति १० बजेपछि देउसीभैलो खेल्न नपाइने भएको छ ।
जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै १० बजेसम्म मात्र देउसीभैलो खेल्न भनेको हो । पटका, आतसबाजी, झिरझिरे, भुइचँम्पा जस्ता विस्फोटक पदार्थ निषेध गरिएको छ । यसको प्रयोग र निकासी, ओसारपसार नगर्न प्रशासनको निर्देशन छ ।
यस्तै, कोरोना संक्रमण दर अपेक्षित नघटेको भन्दै सम्पूर्ण स्वास्थ्य मापदण्ड अपनाएर देउसीभैलो र नाचगान गर्न आग्रह पनि गरेको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३