काठमाडौँ – नेपाल सम्वत ११४२ को उपलक्ष्यमा सेभ नेवाः भ्यालिले आज मंगलबार शुभकामना आदान प्रदान तुच्चा कार्यक्रम र अभियन्तालाई सम्मान गरेको छ ।
काठमाडौँको लगंनमा भएको उक्त कार्यक्रममा न्हूदँ समारोह समितिका अध्यक्ष निरञ्जन रत्न शाक्य, सांसद भिमसेनदास प्रधान, कृष्ण गोपाल श्रेष्ठ, नेवाः नेता मल्ल के.सुन्दर, नरेश ताम्राकार, नरेशबीर शाक्यहरुको विशेष अथितिको रुपमा सहभागिता रहेको थियो।
उक्त कार्यक्रममा सेभ नेवाः भ्यालिका अध्यक्ष शैलेस बरेले ६० जना अभियन्ताहरुलाई सम्मान गरेको थियो । सेभ नेवाः भ्यालिले बर्षोनि (न्हूदँ) लसताय् शुभकामना आदानप्रदान तथा तुच्चा कार्यक्रम गर्दै आएको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७