काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले फाइजरको ६० लाख मात्रा खोप खरिदका लागि मन्त्रिपरिषद्मा प्रस्ताव पठाउने तयारी गरेको छ । विश्व बैंकको सहयोगमा बालबालिका तथा किशोर-किशोरीलाई लक्षित गरेर खोप किन्ने तयारी भएको हो ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्ति अनुसार खोप खरिदसम्बन्धी फाइल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाउने तयारी भइरहेको छ । खोप खरिद प्रक्रिया मन्त्रिपरिषदमा नरोकिएको स्वास्थ्यका प्रवक्ताले दाबी गरेका छन् ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३