काठमाडौं – प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले एमसीसी पारित गर्ने भनेर अमेरिकालाई पत्राचार गरेको भनेर अभिव्यक्ति दिएपछि नेपालको राजनीति तरंगित बनेको छ । खासगरी बेलायत भ्रमणबाट फर्किने क्रममा प्रधानमन्त्री देउवाले यस्तो अभिव्यक्ति दिएका थिए । तर, प्रचण्डले हिजोमात्रै प्रधानमन्त्री देउवाको त्यस्तो अभिव्यक्तिको खण्डन गरिसकेका छन् । उनले आफूहरुले सरकारको तर्फबाट नभई पार्टीको तर्फबाट अमेरिकालाई पत्राचार गरेको बताएका थिए ।
उता, माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले भने नेपालको राष्ट्रिय सार्वभौमिकता, स्वाभिमान एवं राष्ट्रिय हितबिपरितका प्रावधानहरु नसच्याई एमसीसी स्विकार गर्न नसकिने बताएका छन् । उनले हिजोमात्रै सामाजिक सञ्जाल ट्विटरमार्फत पार्टीको आधिकारिक धारणा भन्दै यस्तो बताएका हुन् । प्रधानमन्त्री देउवाको अभिव्यक्तिले के रहस्य खोलेको छ भने एमसीसीको सन्दर्भमा दाहालले अमेरिकालाई पत्राचार गरेको भने पुष्टि भएको हो । उनले पत्राचार गरिएको स्विकारेका छन् ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३