काठमाडौं – जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले छोरी मानुषी यमी भट्टराई बेलायत पढ्न गएको प्रमाणित गर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई चुनौती दिएका छन् । उनले ७ वर्षको उमेरमा जनयुद्धपूर्व मात्र मानुषी आमा हिसिला यमीसँग बेलायत गएको बताउँदै यस्तो चुनौती दिएका हुन् ।
‘मित्र खड्गप्रसादजी, पूर्व प्रम जस्तो मान्छेले तथ्यहीन उडन्ते कुरा गर्नु शोभनीय भएन,’ भट्टराईले ओलीको आजको अभिव्यक्तिलगत्तै ट्वीटरमा लेखेका छन्,‘हाम्री छोरी मानुषी ७ बर्षको उमेरमा जनयुद्धपूर्व २०४९-५१मा आमा हिसिला छात्रवृत्तिमा बेलायत पढ्न गएको वेला संगै गएर संगै फर्केकी हुन्। त्यस यता उनी बेलायत गएको प्रमाणित गर्नोस् न !’
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३