काठमाडौं – लुम्बिनी विकास बैंकले सेयरधनीलाई वितरण गर्ने लाभांश संशोधन गरेको छ । बैंकले अब १३ प्रतिशत बोनस सेयर र शून्य दशमलव ६८ प्रतिशत नगद लाभांश गरी कुल १३ दशमलव ६८ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ ।
यसअघि बैंकले १३ दशमलव ७१२ प्रतिशत लाभांश वितरण गर्ने जनाएको थियो । नेपाल राष्ट बैंकको निर्देशनपश्चात २६ कात्तिकमा बसेको बैंकको सञ्चालक समितिको बैठकले लाभांश संशोधन गर्ने निर्णय गरेको हो।
हाल बैंकको चुक्ता पुँजी दुई अर्ब ९० करोड ६४ लाख ५३ हजार ५४९ रुपैयाँ ५५ पैसा छ । सेयरधीलाई १३ प्रतिशत बोनस सेयर वितरण गरेपछि बैंकको चुक्ता पुँजी तीन अर्ब २८ करोड ४२ लाख ९२ हजार ५१० रुपैयाँ ९९ पैसा पुग्नेछ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३