मोरङ – खुकुरी प्रहार गरी रिजन दाहालको हत्या गरेकाे आराेपमा प्रहरीले चार जना फरार अभियुक्तलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार पक्राउ पर्नेमा सुन्दरहरैचा नगरपालिका-७ का विक्रम खड्का, बुढीगंगा गाउँपालिका-६ का ईश्वर लिम्बु, सोहीका सुदीप उराउ र एक १८ वर्षीय किशोर रहेका छन् ।
२८ कात्तिक राति खुकुरी प्रहारबाट गम्भीर घाइते स्थानीय बासिन्दा रिजनको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो । घटनामा संलग्न उनीहरूलाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
उनीहरू उपर जिल्ला अदालत मोरङबाट कर्तव्य ज्यान मुद्दामा पाँच दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३