काठमाडौँ – नेपाल ओलम्पिक कमिटीका अध्यक्ष तथा प्रतिनिधि सभा साम्सद जिवनराम श्रेष्ठ ‘ओलम्पिक काउन्सिल अफ एशिया (ओसिए) मेरिट अवार्ड’ बाट सम्मानित भएका छन् ।
दुवईमा जारी ओलम्पिक काउन्सिल अफ एशियाको ४० औं महासभामा अध्यक्ष श्रेष्ठ ‘मेरिट अवार्ड’ बाट सम्मानित भएका हुन् । अध्यक्ष श्रेष्ठ सहित नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठ शुक्रबार दुवईमा जारी ओलम्पिक काउन्सिल अफ एशियाको ४० औं महासभामा सहभागी छन् ।
अध्यक्ष श्रेष्ठलाई युएईका यूवा तथा खेलकुद मन्त्री र ओसिएका कार्यवाहक अध्यक्ष राजा रन्धिर सिंहले उक्त अवार्डबाट सम्मानित गरेको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।
यूएईको दुवईमा आयोजना हुने ४० औं ओलम्पिक काउन्सिल अफ एशिया (ओसिए)को महासभामा चिनको ह्याङझाउमा सन २०२२, जापानको आइची–नागोया २०२६, कतारको दोहा २०३० र साउदी अरवको रियाद २०३४ मा हुने एशियाली खेलका आयोजकहरुले प्रस्तुतीकरण भइरहेको छ भने महासभामा एशियामा ओलम्पिक आन्दोलनका बारे समेत विशेष छलफल हुने एनओसीका महासचिव श्रेष्ठले बताए ।
त्यसै गरी महासभामा २०२२ मा अन्य दुई खेलहरूको आयोजकहरूबाट प्रगति प्रतिवेदनका बारे समेत छलफल हुने छ । आगामी मार्चमा बैंकक र चोनबुरीमा छैठौं एसियाली इन्डोर र मार्सल आर्ट खेलहरू र डिसेम्बर २०२२ मा चीनको शान्ताउमा तेस्रो एसियाली युवा खेलहरू आयोजना हुँदैछन् ।
एनओसीका अध्यक्ष र महासचिव श्रेष्ठद्वय सोमबार स्वदेश फर्कने कार्यक्रम रहेको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३