काठमाडौं – काठमाडौंको नयाँ सडकस्थित महर्जन बिजनेस एसोसिएट्स प्रा.लि. को बहुचर्चित व्यापारिक भवन महर्जन कम्प्लेक्सको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।
भवनको निर्माण कार्य ९९ प्रतिशत नै सम्पन्न भएर अब केही अन्तिम चरणका कार्य मात्र बाँकी रहेको एसोसिएट्सका अध्यक्ष कृष्णलाल महर्जनले जानकारी दिए ।
निर्माणको शुरुवाती चरणमा आइपरेका विभिन्न वाधाव्यवधान, दुई/दुई पटकको लकडाउनका कारण पनि केही ढिला हुन गए पनि हाल कम्प्लेक्स उद्घाटन गर्ने समयको नजिक पुगेको महर्जनले बताए ।
कम्प्लेक्समा लिफ्ट, क्याप्सुल लिफ्टको साथमा एलिभेटरसमेत जडान गरिएको छ भने स्वच्छ हावाको लागि बिचमा खुल्ला ठाउँ छोडिएको छ ।
बसन्तपुर दरवार स्क्वाएरसँगै जोडिएको भवनबाट वसन्तपुरको साँस्कृतिक दृश्यको साथमा न्यूरोड, इन्द्रचोकको चहलपहलसमेतको अवलोकन गर्न सकिन्छ ।
कम्प्लेक्स पुग्ने महानुभावहरुको सुविधालाई पनि ध्यानमा राखेर सजावटमा आधुनिक र साँस्कृतिक, प्राकृतिक झलक दिन खोजेको महर्जनले बताए ।
कम्प्लेक्समा अधिकांश स्पेश बुक भइसकेको र केही मात्र बाँकी रहेको पनि उनले जानकारी दिए । कम्प्लेक्सको भूमिगत तल्लामा फुड कोर्ट र अन्य स्पेशमा सुनचाँदिको गहनादेखि अन्य विभिन्न पसल आदिको लागि बुक भइसकेको महर्जनले बताए ।
तत्कालीन क्रिष्टल होटल भवन २०७२ सालमा कम्पनीले खरीद गरी महर्जन कम्प्लेक्स भवनको निर्माण शुरु गरेको थियो ।
नेपालको पहिलो नियो क्लासिकल दावी गरिएको व्यापारिक भवनकाे स्वरूपलाई युनेस्कोलेसमेत बसन्तपुरको गद्दी वैठकसँग मिल्दोजुल्दो बताएको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३