महोत्तरी – नेकपा एमाले महोत्तरीले महाधिवेशन प्रतिनिधि चयनसम्बन्धी विवाद टुङ्गिएकाे छ । महाधिवेशनमा सहभागी हुन यसअघि पठाएकाे नाम सदर गर्दै विवाद सकिएकाे हाे ।महाधिवेशनपछि गहन समीक्षा गर्नेगरि सोही नामको सुचीलाई सदर गर्ने निर्णय भएको इन्चार्ज रामदयाल मण्डलले जानकारी दिए ।
उनले भने, `धेरै साथीहरूले असन्तुष्टि जनाएका छन् यो बिषयमा पछि छलफल हुनेछ । अहिले माहाअधिवेशन प्रतिनिधि चयन गर्नै पर्ने बाध्यताले हामीले ठिकै छ भनेका हौँ ।´ महोत्तरीका चार निर्वाचन क्षेत्रबाट जम्मा ३० जना प्रतिनिधि चयन भएका छन् । जसमध्ये निर्वाचन क्षेत्र नम्बर १ बाट सात जना, क्षेत्र नम्बर २ बाट सात जना, क्षेत्र नम्बर ३ बाट ६ जना र क्षेत्र नम्बर चारबट १० जना प्रतिनिधि छन् ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३