काठमाडौं – प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई महाअभियोग लगाएर हटाउन माग गर्दै शान्ति र लोकतन्त्रका लागि पेसागत संजाल (पापड)ले बिहीबार मार्चपास गरेको छ ।
पापडले बिहीबार दिउँसोसर्वाेच्च अदालतको गेटदेखि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारसम्म मार्चपास गरेको हो । जबरालाई तत्काल महाभियोगको प्रक्रिया थाल्दै न्यायालयमा भएको वर्तमान गतिरोध तोड्न र न्यायपालिका रूपान्तरणका निम्ति संविधान संशोधनसहितको तयारी गर्ने गरी दबाब दिन मार्चपास गरेको पापडले जनाएको छ ।
सर्वोच्च अदालतको गेटबाट सुरु भएको मार्च माइतीघर, भद्रकाली हुँदै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारसम्म पुगेको थियो । मार्चपासमा सहभागीहरूले जबरालाई महाअभियोग लगाउन र उनको सम्पत्ति छानविन गर्न माग गरेका छन् ।
पापडमा नेपाल बार एसोसियसन, नेपाल पत्रकार महासंघ, नेपाल शिक्षक महासंघ, नेपाल इन्जिनियर्स एसोसियसन, नेपाल जनस्वास्थ्य संघ तथा नेपाल आदिवासी जनजाति महासंघ आवद्ध छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३