काठमाडौं – नेपाल स्टक एक्स्चेन्ज (नेप्से)ले मुक्तिनाथ विकास बैंकको बोनस सेयरकाे मूल्य समायोजन गरेको छ । नेप्सेले बोनस सेयर समायोजनपछिको भाउ नेप्सेले ५७१ रुपैयाँ ६४ पैसा निर्धारण गरेको छ । नेप्सेले बैंकको १७ दशमलव ५७ प्रतिशत बोनस सेयरपछिको मूल्य समायोजन गरेको हो ।
बैंकले साधारणसभा प्रयोजनार्थ आज बुक क्लोज गरेको छ ।
मुक्तिनाथले २५ मंसिरमा साधारणसभा आह्वान गरेको छ । सभामा गत वर्षको नाफाबाट बैंकले प्रस्ताव गरेको १७.५७ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.९२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेस हुनेछ ।
सभामा प्रबन्धपत्र तथा नियमावली संशोधनका लागि आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका विषयमा छलफल हुनेछ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३