काठमाडौं – साताको पाँचौं कारोबार दिन बिहीबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला ९१ हजार ९०० रुपैयाँ कायम भएकोमा बिहीबार स्थिर रहेर सोही मूल्य नै काराेबार भइरहेकाे छ ।
बिहीबार छापावाल सुन प्रति १० ग्राम ७८ हजार चार सय ४५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । त्यसैगरी, तेजाबी सुन प्रतितोला ९१ हजार रुपैयाँ कायम भएको छ । त्यस्तै, तेजाबी सुन प्रति १० ग्राम ७८ हजार १५ रुपैयाँ कायम भएको महसंघले जनाएको छ ।
बिहीबार चाँदीको मूल्य तोलामा १० रुपैयाँ घटेको छ । बिहीबार चाँदीको मूल्य प्रतितोला एक हजार १९० रुपैयाँ कायम भएको छ । बुधबार चाँदी प्रतितोला एक हजार दुई सय रुपैयाँ काय भएको थियो । त्यस्तै, चाँदीको मूल्य प्रति १० ग्राम एक हजार २० रुपैयाँ कायम भएको महसंघले जनाएको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३