काठमाडौं – नेपालका लागि होण्डा कारको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी प्रा. लि. ले स्टाईल, पर्फमेन्स र सुरक्षालाई समावेश गरी शानदार इन्टेरियरस्का साथ होण्डाको एमएमसी एमेज २०२१ लाई नेपाली बजारमा लन्च गरेको छ ।
यस नयाँ एमेज २०२१ मा रहेको एड्भान्स एलइडी प्रोजेक्टर हेडल्याम्प र त्यसैमा एकीकृत रहेको एलइडी डिआरएलका साथै नयाँ एड्भान्स फ्रन्ट फग ल्याम्पले सबैको ध्यान आकर्षण गर्ने स्यकरको विश्वास रहेको छ । यस कारको अर्को प्रमुख विशेषता यसमा भएको डायमण्ड कट् टू टोन मल्टी स्पोक अर १५ एलोए व्हीलस् रहेको पनि स्याकरले जनाएको छ । यस एमेज २०२१ मा गाइडलाइन सहितको रियर मल्टीभियू क्यामेरा रहेको र यस कारले सुरक्षाका लागि ४ स्टार सेफ्टी रेटिङ्गसमेत प्राप्त गरेको छ । यसका साथै यस कारमा पहिलो पटक आफ्नो क्लासमा पेट्रोल र डिजल दुवै भेरियन्टमा ७ स्पिड सिभिटि गियरबक्स् रहेको छ ।
यस कारमा रहेको स्ल्कि सोलिड विङ्ग फेस फ्रन्ट ग्रिलले यसको डिजाइनलाई अझ आकर्षित गरेको र अटोमेटिक हेडलाइट कन्ट्रोलका साथ लाइट सेन्सर, प्रिमियम सि आकारको कम्बिनेसन ल्याम्प, क्रोम डोर ह्याण्डल जस्ता यस कारका अन्य विशेषताहरु पनि रहेको स्याकरले जनाएको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३