काठमाडौं – नेपाल राष्ट्र बैकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ । बैंकका अनुसार अमेरिकी डलर एकको खरिद १२० रुपैयाँ ४१ पैसा र विक्रीदर १२१ रुपैयाँ ०१ पैसा तोकेको छ । यूरोपियन यूरो एकको खरिददर १३५ रुपैयाँ ७४ पैसा र विक्रीदर १३६ रुपैयाँ ४२ पैसा रहेको छ । एक कतारी रियाल खरिदका लागि नेपाली ३३ रुपैयाँ ०७ पैसा भने विक्रीदर ३३ रुपैयाँ २४ पैसा रहेको छ ।
साउदी अरबियन रियाल आज एकको खरिददर ३२ रुपैयाँ १० पैसा र बिक्रीदर ३२ रुपैयाँ २६ पैसा रहेको बैंकले जनाएको छ । अष्ट्रेलियन डलर एकको खरिदर ८५ रुपैयाँ ४४ पैसा र विक्रीदर ८५ रुपैयाँ ८७ पैसा रहेको छ ।
यस्तै क्यानेडीयन डलरको बिनिमयदर आज ९४ रुपैयाँ ७९ पैसा र विक्रीदर ९५ रुपैयाँ २६ पैसा, सिंगापुर डलर एकको खरिदर ८८ रुपैयाँ १४ पैसा र विक्रीदर ८८ रुपैयाँ ५८ पैसा, जापानी यन आज १० खरिददर नेपाली १० रुपैयाँ ५९ पैसा र विक्रीदर १० रुपैयाँ ६५ पैसा रहेको छ । त्यस्तै सबै भन्दा महँगो पैसा कुवेतको दिनार रहेको छ । जसको एकको खरिददर ३९७ रुपैयाँ ६९ पैसा र बिक्रीदर ३९९ रुपैयाँ ६८ पैसा रहेको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३