काठमाडौं–भारतीय जनता पार्टी (भाजपा) ले नेपाली भाषी राजु विष्टलाई दार्जिलिङबाट उम्मेदवार बनाएको छ । दार्जिलिङवासीले नेपालीभाषी उम्मेदवार हुनुपर्ने माग गरेपछि भाजपाले ३३ वर्षीय राजु विष्टलाई उम्मेदवार बनाएको हो ।
विष्टले मंगलबार आफ्नो उम्मेदवारी नामाकरण समेत गराइसकेका छन् । मणिपुरको काङपोख जिल्लामा जन्मेका विष्टको पश्चिम दिल्लीको पञ्जावी बागमा स्थायी घर रहेको छ भने दार्जिलिङको सिलगढी नजिकै मतिगढाको सैनिकपुरीमा पनि घर रहेको छ । भाजपाले टिकट दिएपछि उनी सोमबार नै दिल्लीबाट दार्जिलिङ पुगेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।
दार्जिलिङ फर्किएपछि उनको भव्य स्वागत भएको छ । विष्ट भाजपाका नेता होइनन् तर राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) निकट सूर्या फाउन्डेशनका प्रबन्धक निर्देशक हुन् । समाजसेवामा क्रियाशील उनी सूर्या फाण्डेशनकोबाट गरीब तथा जहेन्दार विद्यार्थीको पक्षमा काम गर्छन् । भाजपालाई दुई प्रमुख राजनीतिक दल विमल गुरुङ नेतृत्व गोर्खा जनमुक्ति मोर्चा र गोर्खा राष्ट्रिय मुक्ति मोर्चाको गठबन्धनको पनि साथ रहेको छ ।
विगत दश वर्षयता भाजपाले बाहिरबाट उम्मेद्वारहरू पठाउने गरेको थियो । यसअािघ जसवन्त सिंह र एसएस अहलुवालियाले भाजपाबाट चुनाव जितेका थिए । यसपटक पनि भारजपाले दार्जिलिङका निवर्तमान सांसद तथा केन्द्रीय मन्त्री एसएस आहलुवालियाको नाम घोषणा गरेको थियो । तर दार्जिलिङवासीले त्यसको विरोध गरेपछि विष्टलाई उम्मेदवार बनाइएको हो ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३