काठमाडौं – संघीय संसदअन्तर्गतको कार्यव्यवस्था परामर्श समितिको बैठक बसिरहेको छ । प्रतिनिधिसभाको बैठक मंगलबार दिउँसो १ बजेका लागि बोलाइएकाले यसको कार्यसूचीसहितका विषयमा छलफल गर्न सभापति अग्निप्रसाद सापकोटो समितिको बैठक राखेको हुन् ।
प्रमुख प्रतिपक्षी दल एमालेको अवरोधका कारण संसद चल्न नसकेका बेला समिति बैठक बसिरहेको हो । संसदको नवौँ अधिवेशन एमालेको अवरोधमै सकिएको थियो भने १०औँ अधिवेशनका बैठकमा पनि अवरोध कायमै छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७