भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले देशबासीको नाममा सम्बोधनमा भारत अन्तरिक्ष महाशक्ति बनेको घोषणा गरेका छन् ।
मोदीले भने, ‘केही समयअघि भारतले एक अभुतपूर्ण सफलता हासिल गरेको छ । भारतले आफ्नो नाम अन्तरिक्ष महाशक्तिको रुपमा दर्ता गरेको छ । संसारका तीन देश अमेरिका, रुस र चीन नै मात्रै यो उपलब्ध हासिल गरेका थिए । अब यो पंक्तिमा भारत पनि समावेश भएको छ । ’
उनले थपे, ‘अन्तरिक्षमा तीन सय किलोमिटर टाढा लो अर्ब अर्बिट (एलइओ) सेटलाइटलाई खसालेको छ । यो एक पूर्व निर्धारित लक्ष्य थियो र तीन मिनेटभित्र यो हासिल गरियो । मिशन शक्ति यो निकै कठिन अपरेशन थियो जसलाई हामीले हासिल गर्यौं । हामी यसका लागि आफ्ना वैज्ञानिकलाई बधाई दिन्छौं ।’
‘अन्तरिक्ष आज हाम्रो जीवनशैलीको महत्वपूर्ण हिस्सा हो । आज हामीसँग विभिन्न उपग्रह छन् र यो देशको विकाशमा योगदान दिइरहेका छन्,’ उनले भने ।
शक्ति मिसनलाई डिआरडीओले सम्पन्न गरेको हो र मोदीले यसका लागि डिआरडिओलाई बधाई दिएका छन् । वैज्ञानिकले यो उपलब्धिबाट भारतले प्रतिरोधक क्षमता पाएको बताएका छन् । यदि भारतको सेटलाइटलाई नष्ट गरिन्छ भने भारत पनि यस्तो गर्न सक्ने उनीहरुले बताएका छन् ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३