काठमाडौँ – माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) र नेकपा (जनवादी)बीच पार्टी एकीकरण भएको छ ।
राष्ट्रिय सभागृहमा मंगलबार पार्टी एकता घोषणा गरिएको हो । एकता घोषणा कार्यक्रमलाई अध्यक्ष नेपालले उत्पादनमा समय खर्चिएर आफूलाई अनुशासनमा बाँध्न सक्नुपर्ने बताए । अध्यक्ष नेपालले राजनीतिमा इमानदारिता हराएपछि ‘म’ बाट ‘बा’ आउने बताएका छन्।
‘मूल कुरा इमानदारिता हो। इमानदारिता, निष्ठा र समर्पण हो। त्यो छ भने जनताको विश्वास जित्न सकिन्छ। इमानबाट विचलित भएपछि समर्पित हुने भावना हराउँदोरहेछ। व्यक्तिवादको शिकार हुन्छ। ‘म’ भनेर सोच्न थाल्छ। ‘म’ बाट ‘बा’ भन्नेमा आउँछ। म नै बा हो’, उनले भने।
उनले आफूहरु ‘बा’ प्रवृत्तिका विरोधी भएको बताए। उनले एमालेका कतिपय नेताहरु एकीकृत समाजवादीमा आउनका लागि कुरा गरिरहेको पनि बताए।
एकता घोषणा कार्यक्रममा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसहित दुवै पार्टीका शीर्ष नेताहरू उपस्थित रहेका थिए । नेकपा जनवादी २०६२ सालमा तत्कालीन सशस्त्र द्वन्द्वमा रहेको माओवादीबाट विद्रोह गरेको घटक हो । यसको नेतृत्वमा देवेन्द्रसिंह महता थिए ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३