काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । आइतबारका लागि अमेरिकी डलरको मूल्यमा अढाई महिना यताकै सबैभन्दा कम रहेको छ । आइतबार एक अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ ७४ पैसा र विक्री दर ११९ रुपैयाँ २४ पैसा रहेको छ । विहीबार एक अमरिकी डलर बराबर ११९ रुपैयाँ २८ पैसा खरिदर रहेको छ भने बिक्रीदर ११९ रुपैयाँ ८८ पैसा रहेको थियो । बुधबार एक डलरको खरिददर ११९ रुपैयाँ १५ पैसा विक्रीदर ११९ रुपैयाँ ७५ पैसा रहेको थियो ।
युरोपेली मुद्रा यूरो एकको खरिददर १३४ रुपैयाँ ४५ पैसा र विक्रीदर १३४ रुपैयाँ १३ पैसा रहेको छ । त्यस्तै, अस्टेलियन डलर एकको खरिददर ८६ रुपैयाँ २७ पैसा र विक्री दर ८६ रुपैयाँ ७१ पैसा रहेको छ ।
कतारी रियालको मूल्य एकको खरिददर ३२ रुपैयाँ ५८ पैसा र बिक्रीदर ३२ रुपैयाँ ७४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । त्यस्तै, साउदी रियाल एकको खरिददर ३१ रुपैयाँ ६० पैसा र विक्रीदर ३१ रुपैयाँ ७६ पैसा रहेको छ । जापानीज ऐन १० को खरिददर १० रुपैयाँ ३१ पैसा र विक्रीदर १० रुपैयाँ ३६ पैसा रहेको छ ।
त्यस्तै सबैभन्दा महगो मुद्रा कुवेती दिनारको एक हप्ता पहिला एकको खरिददर ३९२ रुपैयाँ २४ पैसा भने विक्रीदर ३९४ रुपैयाँ २२ पैसा रहेको थियो । त्यस्तै बहराइन दिनार पनि एकको खरिददर ३१४ रुपैयाँ ६७ पैसा र विक्रीदर ३१६ रुपैयाँ २७ पैसा रहेको थियो ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३