काठमाडौं । संघीय सरकारले गत आइतबार बारा र पर्सामा चलेको भीषण हावाहुरीका कारण प्रभावित भएको क्षेत्रमा आधुनिक चुल्हो र सोलार उपलब्ध गराउने निर्णय गरेको छ।
हावाहुरीका कारण सयौं परिवार घरबारविहीन भएको र कतिपय क्षेत्रमा विद्युत अवरुद्ध विद्युत सूचारु गर्न नसकिएका बेला मंगलबार ऊर्जा, जलस्रोत तथा सिचाईंमन्त्री वर्षमान पुनको अध्यक्षतामा बसेको बैठकले एक–एक हजार थान आधुनिक चुल्हो र सोलार उपलब्ध गराउने निर्णय गरेको हो ।
उर्जासचिव दिनेश घिमिरे, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रका निमित्त कार्यकारी निर्देशक नवराज ढकाल सहभागी बैठकमा हावाहुरीबाट भएको क्षतिका बारेमा छलफल भएको थियो ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७