काठमाडौँ – संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम बहादुर आलेले नारायणहिटि दरबारभित्र रेष्टुरेण्ट बनाउन रोक लगाएका छन् ।
तत्कालिन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले बि. म्यानेजमेण्ट प्रा.लि.लाई नारायणहिटि दरबारभित्र रेष्टुरेण्ट बनाउन अनुमति दिएका थिए ।
‘यस नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक ब्यवस्थापन तथा सञ्चालन बिकास समिति र त्यस प्रा.लि. बिच सम्झौता भई अगाडी बढेको निर्माण कार्यका सम्बन्धमा सञ्चार माध्यमहरुमा आएका समाचारका कारण विवाद सृजना हुन गएकोले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको मौखिक आदेश बमोजिम अर्को आदेश नभएसम्मका लागि निर्माण कार्य तत्काल रोक्न हुन जानकारी गराइन्छ,’ नारायणहिटी दरबार सङ्ग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले बि. म्यानेजमेन्टलाई दिएको निर्देशन पत्रमा उल्लेख छ ।
पछिल्लो समय उक्त निर्णय संचारमाध्यममार्फत बाहिरिएपछि चौतर्फी विरोध भएको थियो । विरोध भइरहेको बेला मन्त्री आलेले यस्तो निर्देशन दिएका हुन् ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७