काठमाडौं – नेपाल राष्ट्र बैंकले बिहीबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम ११८रुपैयाँ ६८ पैसा र बिक्री दर ११९ रुपैयाँ २८ पैसा कायम गरेको छ ।
युरोपियन यूरो एकको खरिद दर १३४रुपैयाँ १९ पैसा र बिक्री दर १३४ रुपैयाँ ८७ पैसा छ । यूके पाउन्ड स्टलिङ एकको खरिद दर १६० रुपैयाँ ६२पैसा र बिक्री दर १६१ रुपैयाँ ४३ पैसा छ । स्वीस फ्रेङ्क एकको खरिद दर १२९ रुपैयाँ ६२ पैसा र बिक्री दर १३० रुपैयाँ २८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
अष्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपैयाँ ०३ पैसा र बिक्री दर ८६ रुपैयाँ ४६ पैसा छ । क्यानेडियन डलर एकको खरिद दर ९३ रुपैयाँ ३७ पैसा रहेको छ भने बिक्री दर ९३ रुपैयाँ ८४ पैसा छ ।
जापानी येन १० को खरिद दर नेपाली १० रुपैयाँ २५ पैसा र बिक्री दर १० रुपैयाँ ३० पैसा छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ६४ पैसा र बिक्री दर १८ रुपैयाँ ७३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
साउदी अरबियन रियाल एकको खरिर दर ३१ रुपैयाँ ६० पैसा र बिक्री दर ३१ रुपैयाँ ७६ पैसा छ भने कतारी रियाल आज एकको खरिद दर ३२ रुपैयाँ ६० पैसा र बिक्री दर ३२ रुपैयाँ ७६ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।
मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ३० पैसा छ भने बिक्री दर २८ रुपैयाँ ४४ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ९१ पैसा र बिक्री दर ९ रुपैयाँ ९६ पैसा कायम भएको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३