काठमाडौं – राप्रपा पूर्वअध्यक्ष कमल थापाले २७ पुसबाट गर्न लागिएको राष्ट्रिय एकता अभियान रोकेका छन् । कोरोनाभाइरस संक्रमण बढ्न थालेपछि उनले अभियान रोकेको जानकारी दिएका हुन् ।
‘२७ पुसदेखि सुरु गर्न लागिएको ’राष्ट्रिय एकता अभियान’ केही समय रोक्नु उपयुक्त हुने सुझाव राप्रपाका जिम्मेवार पदाधिकारी र सदस्यहरुबाट प्राप्त भएको तथा अहिले कोरोना महामारी तीव्र गतिमा बढ्न लागेको कारण समेत सो अभियान शुभारम्भ समारोह हाललाई स्थगित गर्ने निर्णय तयारी समितिको बैठकले गरेको छ’, थापाले भनेका छन् ।
राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देनसँग पराजित भएपछि पार्टी कार्यालयमा समेत नगई बसेका थापाले राष्ट्रिय एकता अभियान गर्न लागेका थिए ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३