वीरगंज – मुख्तार मियाँको हत्या आर्थिक प्रलोभन र आपसी रिसईबीमा भएको प्रहरीको अनुसन्धानले खोलेको छ।
भारत बिहार वैशाली जिल्लाको महुवा घर भई हाली वीरगन्ज महानगरपालिका ३ छपकैयामा बस्दै आएका ४५ वर्षीय इरिक्सा चालक मुख्तार मियाँको शव पुस २२ साँझ ५ बजे नहरमा बरामद भएको थियो ।
प्रहरीले मियाँको हत्यामा संलग्न तीनजनालाई बिहीबार सार्वजनिक गरेको छ । प्रहरी उपरीक्षक रमेश कुमार बस्नेतका अनुसार मियाँको हत्यामा ४ जनाको मुख्य संलग्नता देखिएको छ । ई-रिक्सा व्यवस्थापनमा दुईजना मतियारको रुपमा प्रयोग भएका छन् । एक जना भारतीय अझै फरार रहेको प्रहरीले जनाएको छ ।
मृत्यु भएपछि नहरमा उत्तानो फालेर पल्टाइदिएका थिए । घटनास्थलबाट केही पर पुगेर उनीहरुले रेन्च र रगत लागेको सर्ट फालेका थिए ।
सुनिलले बाबर र बक्सरलाई फोन गरी मुख्तारको ई-रिक्सा व्यवस्थापन गर्न लगाएको पाइएको छ । गत पुस २५ मा मृतकको ई-रिस्का बाराको फेटा गाउँपालिका-४ स्थित पिलाहा सडकमा बरामद भएको थियो ।
मियाँको हत्यमा पाँच जनालाई पक्राउ गरेको छ भने एक जना फरार रहेको छ। पक्राउ परेका पाँचै जनालाई कर्तव्य ज्यान मुद्दामा अदालतबाट म्याद थप गरी कारबाही प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३