काठमाडौं – नेपाली नागरिकले जन्मका आधारमा नागरिकता पाउने कानूनी प्रबन्ध छ । नागरिकता पाउने नेपाली नागरिकको जन्मसिद्ध अधिकार हो । नागरिकताको सिफारिसका लागि स्थानीय निकायले केही सामान्य शूल्क तोकेको हुन्छ ।
तर, स्याङ्जा जिल्लाको एक नगरपालिकाका वडाध्यक्ष र वडा सदस्यले नागरिकता बनाइदिन्छु भनी रु एक लाख ३५ हजार घुस लिएको फेला परेको छ । स्याङ्जाको भीरकोट नगरपालिका–९ का वडाअध्यक्ष भीमबहादुर गुरुङ र वडा सदस्य कुलबहादुर गुरुङले सेवाग्राहीसँग नागरिकता बनाइदिन्छु भनेर घुस लिएको पाइएको हो ।
वडाध्यक्ष भीमबहादुरले आर्थिक प्रलोभनमा परी दोहोरो नागरिकता बनाउन झुठो विवरणका आधारमा बद्नियत तरिकाले गलत सिफारिस गरेको पाइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।
आयोगले आज वडाध्यक्ष भीमबहादुरविरुद्ध बिगोअनुसारको कारवाहीको माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३