न्युयोर्क – अमेरिकामा काेभिडका कारण मार्चको अन्त्यसम्ममा कम्तिमा ५० हजारदेखि बढीमा तीन लाख जनासम्मको मृत्यु हुन सक्ने प्रक्षेपण गरिएको छ । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनबिरुद्ध जुधिरहेका बेला आगामी दुई महिनाभित्र सो संख्यामा अमेरिकीको मृत्यु हुने प्रक्षेपण भएको हो ।
कोभिडबाट अमेरिकामा अहिलेसम्म साढे आठ लाखको मृत्यु भइसकेको छ ।
ओमिक्रोन भेरियन्टका कारण गत वर्षको तुलनामा अमेरिका यो वर्ष कोभिडबाट अझै प्रभावित छ । अमेरिकाका अधिकांश कोभिड अस्पताल बिरामीले भरिएका छन् ।
प्रभावित राज्यमा सेनाको स्वास्थ्य कार्यकर्ता परिचालन गर्ने बाइडेन प्रशासनले बताउँदै आएको छ । अमेरिकामा औषतमा दैनिक संक्रमितको संख्या साढे सात लाख छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३