शेन वाटसन र सुरेश रैनाको ९६ तथा ३८ रनको मद्तमा चेन्नई सुपर किङ्सले मंगलबार सनराइजर्स हैदराबादलाई ६ विकेटले पराजित गरेको छ।
जितसँगै १६ अंक बटुलेर पुनः लिगको शीर्षस्थानमा पुगेको चेन्नई जारी सिजनको प्लेअफमा पुग्ने पहिलो टोलीसमेत बनेको छ।
हिजोको खेलमा वाटसनले ५३ बलमा ९ चौका तथा ६ छक्काको सहयोगमा ९६ रन बनाएका हुन्। चेन्नईलाई हैदराबादले १७६ रनको लक्ष्य दिएको थियो। सो लक्ष्यलाई चेन्नईले चार विकेटको क्षतिमा १९.५ ओभरमा हासिल गर्यो।
यसअघि पहिले ब्याटिङ्ग गरेको हैदराबादले तीन विकेटको क्षतिमा १७५ रन बनाएको थियो । उसका लागि मनिष पाण्डेयले ४९ बलमा नटआउट ८३ रन बनाए भने डेविड वार्नरले ४५ बलमा ५७ तथा विजय शंकरले २० बलमा २६ रन बनाएका थिए ।
चेन्नईका हरभजन सिंहले २ र दिपक चाहरले १ विकेट लिएको खेलमा हैदरावादका लागि भुवनेश्वर कुमार,सन्दीप शर्मा र राशिद खानले १-१ विकेट लिएका थिए ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७