लण्डन – बेलायतमा कोरोनाभाइरसको महामारी न्युनिकरणका लागि लगाइएका सवै प्रतिवन्धात्मक व्यवस्था हटाइने भएको छ । अर्को महिना फेब्रुअरी ११ देखि सवै प्रतिवन्धात्म कव्यवस्था हटाउने निर्णय लागू नै हुने अधिकारीहरूले जानकारी दिएका छन् ।
प्रतिवन्धात्मक व्यवस्था हटाइएसँगै भारतलगायतका देशबाट बेलायत प्रवेश गर्नलाई पनि अव खुल्ला हुने भएको छ । तर ती यात्रुहरूले खोपको पुरा मात्रा लगाएको हुनुपर्ने शर्त भने राखिएको छ । यातायात विभागर स्वास्थ्य तथा सामाजिक सुरक्षा विभागले सूचना जारी गर्दै आगामी फेब्रअरी ११ तारिखको विहान ४ बजेदेखि सवै प्रतिवन्धात्मक व्यवस्थाहरु हट्ने स्पष्ट पारेको छ ।
पुरा मात्राको खोपलगाएका विदेशबाट आएका यात्रुहरुले पनि त्यो दिनदेखि आइसोलेसनमा बस्नु नपर्ने र पिसिआर परीक्षणको नतिजा देखाउनु नपर्ने सूचनामा उल्लेख गरिएको छ । त्यसैगरी १२ बर्षदेखि १५ बर्षसम्मका बालबालिकाहरुलाई भने इङ्गल्याण्डमा हिडडुल गर्नका लागि खोप लगाएको प्रमाण देखाउनु पर्ने व्यवस्था गरिएको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३