काठमाडौँ – भक्तपुर प्रशासन कार्यालयले पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीविरूद्ध उजुरी दर्ता गरेको छ।
सोमबार संक्रमण फैलाउन नहुने कसूरमा अध्यक्ष ओलीविरूद्ध उजुरी दर्ता भएको सहायक प्रमुख जिल्ला अधिकारी सीता परियारले जानकारी दिइन्।
‘उजुरी आएको छ, दर्ता भएको छ,’ उनले भनिन्,‘संक्रामक ऐन २०२० को संक्रमण फैलाउन नपाउने भन्ने व्यवस्था छ। पूर्वप्रधानमन्त्री ज्यू कार्यक्रममा जानुभयो भन्ने खालको उजुरी आएको हो।’
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७