जनकपुरधाम – मधेश सरकारले प्रदेशका किसान समस्या पहिचान गरी समाधान गर्न उच्च स्तरीय समिति गठन गरेको छ । शनिवार बसेको प्रदेश मन्त्रीपरिषद् बैठकले भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विजयकुमार यादवको संयोजकत्वमा पाँच सदस्यीय उच्च स्तरीय समिति गठन गरेको हो ।
समितिमा उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री शत्रुधन महतो, आन्तरिक मामिला तथा संचारमन्त्री भरतप्रसाद साह, अर्थमन्त्री शैलेन्द्रप्रसाद साह र खानेपानी तथा उर्जा विकास मन्त्री ओमप्रकास शर्मा सदस्य छन् ।
कृषि तथा पशुपक्षी विकास, किसानको मलखाद, बिउबिजन तथा सिंचाई समस्या, बीमाको अवस्था, कृषि यान्त्रिकीकरणको अवस्था तथा कृषिसम्बन्धी आगामी रणनीति निर्माणसम्बन्धी प्रतिवेदन तयार गर्न समितिलाई जिम्मेवारी दिएको छ । त्यसैगरी, कृषि सुधारको लागि गरेको गतिविधिको समीक्षा एवं अगामी योजना बारे नीति निर्माण गर्ने जिम्मेवारी समितिलाई दिएको सरकारका प्रवक्ता एवं अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले बताए ।
अगामी १५ दिनभित्र अन्तरिम प्रतिवेदन तयार गरी मन्त्रीपरिषद्को बैठकमा पेश गर्न समय दिएको मन्त्री साहले बताए ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३