वीरगंज – बाराका जिल्लाको विभिन्न नाकाहरुबाट सशस्त्र प्रहरीका घुमुवाहरुको सेटीङ्गमा व्यापक रुपमा तस्करी शुरु भएको छ ।
सिमा सिरक्षाको प्रमुख जिम्मेवारी पाएका सशस्त्र प्रहरीको मिलोमतोमा बाराको मटिआर्वा ,जोतपुर, बसतपुर, तिलकुवा, कचौरवा, गोलागंज, खजानी, पथलवाघाट, सिम्रौगंढ, गोलागंज, क्वोहिगोठीलगायत नाकाहरुबाट हाल ठुलो मात्रामा तस्करी भईरहेको स्रोतले जनाएको छ।
सशस्त्र प्रहरी हेडक्वाटरको निर्देशन विपरीत बारा जिल्लाबाट तस्करीको लाईन संचालन गरिरहेका सशस्त्र प्रहरी वरिष्ठ हवल्दार अशोक साह र सागर झा आफुहरु घुमुवा प्रहरी रहेको बताउदै तस्करहरुसंग रकम असुल्ने गरेको नाम उल्लेख नगर्ने सर्तमा प्रतक्ष्यदर्शीहरुले बताएका छन् ।
सशस्त्र प्रहरीका द्वय घुमुवाहरुले बारा जिल्लाका विभिन्न नाकाहरुबाट तस्करी लाईन सुचारू गरि ब्रहमलुट मच्चाउने गरेको श्रोतले बतायो ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७