नेपाली कांग्रेसको सुभेच्छुक संस्था नेपाल सांस्कृतिक संघले संघको विधानत व्यवस्था अनुरुप माघ १० को निर्णय अनुसार केन्द्रीय सह–महामन्त्रीमा रमेश मुनिकारलाइ मनोनय गरिएको छ । मुनिकरणको लोकतान्त्रिक आन्दोलन र सांस्कृतिक उत्थानमा उल्लेखनीय योगदानमा महत्वपूर्ण योगदानको सम्मानमा सहमहामन्त्रीमा मनोनयन गरिएको संघका केन्द्रीय अध्यक्ष तिर्थ बहादुर थापाद्दारा हस्ताक्षरित पत्रमा उल्लेख गरिएको छ ।
काठमाडौं काँग्रेस क्षेत्र न. ८ क प्रदेशका सदस्य एवम् वहुआयामिक एबंम नवोदित साहित्यकार संगै सांस्कृति संघको उन्नयनका लागि अविरल क्रियाशील सांस्कृतिक अभियन्ता रुपमा आफुलाई अग्रपंतिमा राखी काम गर्दै संघको काठमाडौं जिल्ला सचिव, केन्द्रीय सदस्य, धवलागिरी अञ्चल प्रमुखसंगै अभिलेख विभाग प्रमुखको समेत जिम्मेवारी समेत वहन गरिसकेका छन ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७