काठमाडौं – महिलामाथि श्रृखलाबद्ध काँटी आक्रमण गरेको आरोपमा पक्राउ गरेका सन्तोष कार्कीलाई जिल्ला अदालत, काठमाडौंले धरौटीमा छाड्न आदेश दिएको छ ।
तर ३ लाख धरौटीमा छुटेलगतै प्रहरीले उनलाई फेरि पक्राउ परेको छ । महानरीय प्रहरी वृत्त सोह्रखुट्टेको टोलीले कार्कीलाई पक्राउ गरी अभद्र व्यवहारमा मुद्दा चलाएको छ ।
यसअघि १२ असारमा पक्राउ परेका कार्कीमाथि महिलामाथि अपमाजनक व्यवहारको मुद्दा चलाइएको थियो ।
कार्कीले पकनाजोल, डल्लुलगायतका क्षेत्रमा चार जनामाथि काँटी तथा तिको वस्तुले आक्रमण गरेको स्वीकारेका थिए । महिलामाथि यसरी आक्रमण हुँदा काठमाडौं उपत्यकामा सिरिज आक्रमणको त्रास फैलिएको थियो ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३